NRN
वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको श्रृंखला खेल्ने नेपाली टिमको घोषणा

वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको श्रृंखला खेल्ने नेपाली टिमको घोषणा भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द छन्।

नेपालसँग सिरिज खेल्न वेष्ट इन्डिजको टिम बुधबार नोपल आएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र वेस्ट इन्डिज एबीच शनिबार पहिलो खेल हुनेछ । 

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update