श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले योजनाहरू सफल पार्नु भन्दाअघि विगतका योजनाहरू कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने बताएबका हुन् ।
उनले गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रबिन्दु रोजगारी भएकाले आर्थिक वृद्धिको गति बढाउने योजना अघि सार्न आवश्यक रहेको बताए ।
उनले एउटा योजनामा सबै समेट्ने कारणले श्रोत छरिन्छ र विकास सम्भव नहुने बताउदै उनले रोजगारमूलक आर्थिक विकासको लागि कृषि र उद्योगको विकास महत्त्वपूर्ण रहेको जिकिर गरे ।
उनले पूर्वाधार विकास, सेवा प्रवाहमा कमजोरी, प्रदेश संरचना, खर्चमा पुँजीको विषय र सङ्घीयता आइसकेपछि तीन तहकै सरकारलाई सङ्घीयताको विषयमा दिइएको प्रशिक्षणले पनि योजना सफल पार्न भूमिका खेल्ने बताए । उनले स्वास्थ्य र शिक्षामा गरिरहेका लगानी र प्रतिफलको निर्मम समीक्षा हुन आवश्यक रहेको बताए ।
मन्त्री अर्यालले योजनाहरू सफल बनाउन कर्मचारीतन्त्रले विशेष ध्यान दिन जरुरी रहेको बताए । उनले कर्मचारी, राजनीतिक नेतृत्व र मन्त्रीहरुबीचमचमा विश्वासको खाडल परेको बताए ।