NRN
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एकजना घाइते

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर घाइते भएका गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको पाल्पामा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update