कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त भएका छन् ।
बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउने निर्णय गरेको हो ।
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी बिना जानकारी ३ महिनादेखि कार्यालयमा अनुपस्थित भएको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा खुलाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्