NRN
आईपीएलमा आज २ खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज २ खेल हुँदैछ । आजको पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच हुनेछ । खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

दोस्रो खेल लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सबिच हुनेछ । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियम (इकाना), लखनउमा साँझ ७:४५ बजेबाट सुरु हुनेछ । 

दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् ।

लखनऊ सुपर जायन्ट्स: केएल राहुल (कप्तान र विकेटकिपर), क्विन्टन डी कक, दीपक हुडा, मार्कस स्टोइनिस, निकोलस पूरन, आयुष बडोनी, क्रुणाल पाण्ड्या, म्याट हेनरी, रवि बिश्नोई, यश ठाकुर र मोहसिन खान । इम्प्याक्ट प्लेयर: देवदत्त पडिक्कल ।

राजस्थान रोयल्स: सञ्जु सैमसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल । इम्प्याक्ट प्लेयर : जोस बटलर ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update