NRN
वेष्टइण्डिज 'ए' ले दियाे नेपाललाई २0५ रनको लक्ष्य

पहिलो टी-२० खेलमा वेष्टइण्डिज 'ए' ले नेपाललाई २0५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो ।

वेष्टइण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update