बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसकाे अग्रता, एमाले २६४ मतले पछि
बझाङको प्रदेश सभा १ को उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।
उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दाेब्बर मतसहित अग्रता बनाएको थियो ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा पहिलाे स्थानमा सिंहले ७ हजार ४९२ मत पाएका छन् भने दाेस्राे स्थानमा नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् ।
तेस्राे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।
राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ ०७:४५
प्रतिक्रिया दिनुहोस्