नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशि मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे दर अनुसार सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
राष्ट्र बैंककाे अनुसार आइतबार एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ९३ पैसा र बिक्रीमा ८७ रूपैयाँ ३२ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७६ पैसा पाइन्छ ।
त्यसैगरी, आइतबार एकको खरिददर १४२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४१ पैसा कायम गरिएको युरोपियन युरोको आज एकको खरिददर १४२ रूपैयाँ २८ पैसा र बिक्रीदर १४२ रूपैयाँ ९३ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४८ पैसा घटेको हो ।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६६ रूपैयाँ १९ पैसा र बिक्रीमा १६६ रूपैयाँ ९४ पैसा पाइन्छ ।
त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीमा २८ रूपैयाँ ०३ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ०५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ पाइन्छ ।