बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मत गणना भइरहेको छ । जसमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायम गरेका थिए । तर, फेरि एमालेले २० मतले अग्रता लिएको छ ।
२७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १११०३ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह ११०७६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् । त्यसैगरी, राप्रपाका किशोर खड्काले भने २३७ मत पाएका छन् ।
६१ हजार मतदाता रहेको यो क्षेत्रमा ३० हजार बढी मत खसेको थियो ।
सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा उपनिर्वाचन भएको हो ।