NRN
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा घट्याे चाँदी, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ । 

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएकाे सुन आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ । 

त्यसैगरी, सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update