नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार अमेरिकी डलरसँगै क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।
सोमबार एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा कायम भएकाे अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसा बढेको हो ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०९ पैसा तोकिएको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा बढेको हो।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९३ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९० पैसा र बिक्रीमा १४३ रूपैयाँ ५४ पैसा पाइन्छ ।
त्यसैगरी, सोमबार एकको खरिददर १६६ रूपैयाँ १९ पैसा र बिक्रीमा १६६ रूपैयाँ ९४ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा भने १६७ रूपैयाँ ०८ पैसा र बिक्रीमा १६७ रूपैयाँ ८३ पैसा पाइन्छ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ९५ पैसा र बिक्रीमा २८ रूपैयाँ ०८ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६९ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८२ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको छ ।