NRN
टी-२० सिरिजको तेस्रो खेल आज खेल्दै नेपाल

टी-२० सिरिजको तेस्रो खेल आज हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपाल र वेस्ट इण्डिज 'ए' बीचको खेल दिउँसो १ बजे सुरू हुनेछ ।

पाँच खेलको सिरिजको दुई खेल सकिँदा दुवै टिमको एक/एक अंक छ । पहिलो खेलमा नेपालले जित हाशिल गरेकाे थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो ।

नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप खेलिरहेको छ । यो खेलले विश्वकप खेल्ने खेलाडीको पनि निर्क्यौल हुनेछ । 

वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श रहेका छन् ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल रहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update