नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे दिनकाे तुलनामा यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार प्रतितोला १६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।