NRN
वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे २२८ रनको विशाल लक्ष्य

टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन जोड्यो ।

वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । चार्ल्सले ६१ बलमा ११९ रन बनाए । उनले यसक्रममा १३ चौका र ७ छक्का प्रहार गरे ।

आन्द्रे फ्लेचरले ५३ रन, एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे ।

बलिङमा नेपालका करण केसी र सागर ढकालले एक/एक विकेट लिए । नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग सिरिज खेलेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update