NRN
नेपालले आज वेस्ट इण्डिज 'ए' विरूद्धको चौथो खेल खेल्दै

टी-२० सिरिजमा वेस्ट इण्डिज 'ए' विरूद्धको चौथो खेल नेपालले आज खेल्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा सानदार जित निकालेको नेपाल त्यसपछिका दुबै खेलमा पराजित भएकाे थियाे ।

चौथो खेल हुनुअघि नेपालले आगामी टी-२० विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ । बुधबार घोषणा भएको विश्वकप खेल्ने टिममा कप्तान रोहित पौडेल आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल।

वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update