नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारकाे लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे अनुसार नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लाे दिनकाे तुलनामा सुनकाे मूल्य यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो ।
त्यसैगरी, बुधबार प्रतितोला १६ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।