नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रूपैयाँ १८ पैसा पाइन्छ ।
त्यस्तै, अष्ट्रेलियन डलर भने एकको खरिदमा आज ८६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७० पैसामा पाइन्छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ १३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७७ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ २० पैसा र बिक्रीदर १६६ रूपैयाँ ९५ पैसा पाइन्छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीमा २८ रूपैयाँ ०३ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८४ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १६ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ ।