NRN
वेस्टइन्डिज 'ए' सँग टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

टी-२० सिरिजमा वेस्ट इण्डिज 'ए' विरूद्धको चौथो खेल नेपालले आज खेल्दैछ । खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह,  गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल रहेका छन् । 

वेस्ट इन्डिज टिमः रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श रहेका छन् । 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update