NRN
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ना २२ प ३४४४ नम्बरको मोटरसाइकल राति करिब ११ः५५ बजे उक्त मोटरसाइकल अनियन्त्रित भई रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो ।

मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update