NRN
वेस्ट इन्डिज 'ए' ले नेपाललाई  २१० रनको लक्ष्य

चौथो टी-२० मा वेस्ट इन्डिज 'ए' ले नेपाललाई  २१० रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे। नटआउट रहेका आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए ।

फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए । उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए 

ओपनर एलिक एथानाजेलाई प्रतिश जि.सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए ।

प्रतिश जि.सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update