रास्वपा सचिवालयको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा अपराह्न साढे चार बजे बस्ने सचिवालयले जनाएको छ ।
आज बस्ने सचिवालय बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा हुनेछ । इलाम—२ को उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत प्राप्त चौथो भएका थिए ।
सचिवालयका अनुसार बैठकमा आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ ।
संसद्को बर्खे अधिवेशनलाई प्रभावकारी बनाउन रास्वापले आगामी वैशाख २६ गते संसदीय दलको बैठक पनि बोलाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ ०८:१५
प्रतिक्रिया दिनुहोस्