NRN
राजस्थानमाथि हैदरावादको १ रनको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा हैदरावादले राजस्थानलाई एक रनले पराजित गरेको हो ।

राजस्थान १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ भने हैदराबाद १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ ।

२०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा सात विकेट गुमाएर २०० रनमात्रै बनाएको हो ।

पहिलो बलमा एक रन, दोस्रो बलमा २ रन बन्दा तेस्रो बलमा पवेलले चौका प्रहार गरे। चौथो र पाँचौं बलमा २/२ रन जोड्दा अन्तिम बलमा जितका लागि राजस्थानलाई २ रन आवश्यक थियो । तर भूवनेश्वरले एलबिडब्लु धरापमा पारी पवेललाई आउट गरेपछि राजस्थान १ रनले पराजित हुन पुगेको हो ।

खेलमा पवेलले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए । रविचन्द्रन अश्विन २ रन बनाएर नटआउट रहे ।

त्यसअघि ओपनर यशश्वी जैसवालले ६७ रन जोडेका थिए। उनले ४० बलमा ७ चौका र २ छक्का प्रहार गरे ।रियान परागले सर्वाधिक ७७ रन बनाए। ‍४९ बल खेलेका उनले ८ चौका र ४ छक्का हाने । शिम्रन हेटमायरले १३ रन जोड्दा जोश बट्लर र कप्तान सन्जु शामसन शून्य रनमा आउट हुन पुगे ।

बलिङतर्फ हैदरावादका भूवनेश्वर कुमारले ३ तथा कप्तान प्याट कमिन्स र नटराजनले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदरावादले ३ विकेट मात्रै गुमाएर २०१ रन जोडेको थियो । त्यसक्रममा नितिश कुमार रेड्डी ७६ रन र हेनरिच क्लासेन ४२ रन बनाएर नट आउट रहे । रेड्डीले ४२ बलमा ३ चौका र ८ छक्का प्रहार गरे भने क्लासेनले १९ बलमा ३ चौका र ३ छक्का हाने ।

त्यसअघि ओपनर ट्राविस हेडले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५८ रन जोडेका थिए ।

अभिषेक शर्मा १२ रन र अनमोलप्रित सिंह ५ रनमा आउट हुन पुगे । बलिङमा राजस्थानका अवेश खानले २ तथा सन्दीप शर्माले १ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update