NRN
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । 

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा वैशाख १६ गते मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । त्यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update