नेपाल राष्ट्र बैंकले आइतबारको विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलर मूल्य घटेकाे छ भने पाउण्ड स्टर्लिङ र युरोपियन युरोकाे मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।
शुक्रबार एकको खरिदद १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ १८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७८ पैसा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा घटेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ६६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०५ पैसा ताेकिएकाे छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९१ पैसा पाइन्छ ।
त्यसैगरी, शुक्रबार एकको खरिददर १६६ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ४६ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ आज पाउण्ड एकको खरिदमा १६७ रूपैयाँ २१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९७ पैसा काराेबार भइरहेकाे छ ।
त्यस्तै, एकको खरिदमा भने १४२ रूपैयाँ ५९ पैसा र बिक्रीमा १४३ रूपैयाँ २३ पैसामा काराेबार भएकाे युरोपियन युरो आज एकको खरिददर आज १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५६ पैसा बढेको हो ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा ताेकिएकाे छ भने मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १० पैसा र बिक्रीमा २८ रूपैयाँ २२ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७८ पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ०३ पैसा पाइन्छ ।