NRN
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि आइतबारको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ ।

सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । सामान्यतया झझी आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ ।

लामिछानेविरूद्ध अधिकतम सजाय माग गरी उच्च सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो । त्यस्तै, लामिछानेले पनि आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै पुनरावेदन दिएका थिए । 

दुबै पुनरावेदनलाई उच्च अदालतले एकैसाथ राखेर सुनुवाइ गर्ने भएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update