जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको एक दिने भ्रमण भ्रमणमा आएकी हुन् ।
केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनलाई लिन परराष्ट्र सचिव सेवा लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमािनस्थल पुगेकी थिइन् ।
उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी आजै टोकियो फर्किने कार्यक्रम छ । सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए ।