NRN
आईपीएलमा आइतबार दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ सिजनमा आइतबार दुई खेल हुनेछन् ।

आइतबारको पहिलो खेल पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबिच धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र कोलकाता नाइट राइडर्सबिच राति ७ः४५ बजे लखनउस्थित अटल बिहारी वाजपेई (ईकाना) क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

जारी सिजन यी दुबै टोलीले आफ्नो ११ औँ खेल खेल्न लागेका हुन् । 

कोलकाताले यसअघि खेलिएको १० मध्ये सात खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।कोलकाता १४ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ ।

लखनउले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । 

जारी सिजनको आईपीएलमा कोलकाता र लखनउबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । 

लखनउ सुपर जाइन्ट्स : केएल राहुल (कप्तान तथा विकेटकिपर), मार्कुस स्टोइनिस, दीपक हुड्डा, निकोलस पुरन, एस्टन टर्नर, आयुष बडोनी, क्रुणाल पाण्ड्या, रवि बिस्नोई, नविन उल हक, यश ठाकुर र मोहसिन खान । इम्प्याक्ट प्लेयर : प्रेरक मांकड ।

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, अंगकृष रघुवंशी, वेंकटेश ऐयर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वैभव अरोडा र वरुण चक्रवर्ती । इम्प्याक्ट प्लेयर : मनिष पाण्डे, हर्षित राणा ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update