NRN
एम्बुलेन्सको ठक्करबाट दाङमा बाइक चालकको  मृत्यु 

तुलसीपुर । दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रा ६ प ८९८५ नम्बरको मोटरसाईकल चालक घोराही–१० नारायणपुर निवासी ४५ वर्षका पुर्ण पुन रहेको  जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए । 

रोल्पाबाट घोराही जाँदै गरेको रा १ झ १९७ नम्बरको एम्बलुेन्सले गएराति दारबोट चोकमा ठक्कर दिदा गम्भिर घाइते भएका पुनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा सोमबार दिउँसो २ बजे मृत्यु भएको थियो । 

एम्बुलेन्स चालक रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी निर्मल बुढालाई नियन्णमा लिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update