NRN
इजरायलले अल जजिरा नेटवर्कलाई लगायाे प्रतिबन्ध

इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गत महिना इजरायलको संसदले सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो ।

इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायल विरोधी पक्षपात गरेको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानलमा कतार सरकारको हिस्सेदारी छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा इजरायलको आलोचना झनै कडा भएको छ । इजरायली प्रधानमन्त्रीले यस च्यानललाई 'आतंकवादीद्वारा नियन्त्रित' भनेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update