NRN
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरोकाे मूल्य, अन्य मुद्रा कतिमा साटिन्छ त?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशि मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । सार्जनिक गरेकाे दर अनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरोकाे मूल्य बढेकाे छ । 

आइतबार एकको खरिददर १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा कायम गरिएको राष्ट्र बैंकका अनुसार युरोपियन युरो आज एकको खरिददर १४३ रूपैयाँ ३० पैसा र बिक्रीदर १४३ रूपैयाँ ९५ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो ।

आइतबार एकको खरिददर १३३ रूपैयाँ १८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७८ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४३ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७५ पैसा पाइन्छ ।

त्यसैगरी, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ ०९ पैसा र बिक्रीमा १६७ रूपैयाँ ८५ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ । 

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ १० पैसा र बिक्रीमा २८ रूपैयाँ २२ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८५ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३४ पैसा पाइन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update