NRN
आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५५औँ खेल हो । सनराइजर्स हैदराबादले ११ औँ र मुम्बई इन्डियन्सले १२ औँ खेल खेल्न लागेका हुन् ।

हैदराबादले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकोलेको छ । हैदराबाद १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

मुम्बई इन्डियन्सले यसअघि खेलिएको ११ मध्ये तीन खेलमा जित र आठा खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ । मुम्बई जारी सिजनको आईपीएलमा उपाधि होडबाट बाहिरिने पहिलो टोली पनि हो । 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), तिलक वर्मा, नेहल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, ल्युक वुड, जसप्रित बुमराह र नुवान तुषारा । इम्प्याक्ट प्लेयर : सूर्यकुमार यादब । 

सनराइजर्स हैदराबाद : प्याट कमन्सि (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रित सिंह, हेनरिच क्लासन (विकेटकिपर), नितिशकुमार रेड्डी, अब्दुल समाद, शाहबाद अहमद, मार्को यान्सन, भुवनेश्वर कुमार र टी. नटराजन । इम्प्याक्ट प्लेयर : उमरान मलिक । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update