सभामुख घिमिरेले मंगलबारका लागि बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक
सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् ।
संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि नै सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ १२:०७
प्रतिक्रिया दिनुहोस्