NRN
आईपीएलको ५८ औँ खेलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को ५८ औँ खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दैछ । खेल पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । 

यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ । आज पञ्जाब र बैंगलोर दुवैको सिजनको १२ औँ खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ । आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली मुम्बईजस्तै लगभग आउट हुनेछन् ।

पञ्जाब किंग्स: साम कुरान (कप्तान), जोनी बेयरस्टो, रिले रुसो, जितेश शर्मा (विकेटकिपर), शशांक सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल, राहुल चाहर र अर्शदीप सिंह ।

रोयल च्यालेन्जर्स बैंगलुर: फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा, विजयकुमार वैशाख र यश दयाल ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update