नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुन-चाँदीकाे मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।
अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बुधबार प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।