नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे दर अनुसार बिहीबार अमेरिकी डलरको मूल्य बढेको छ ।
बुधबार एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९४ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको २ पैसा बढेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ९३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३७ पैसा पाइन्छ ।
त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ३० पैसा र बिक्रीमा १४३ रूपैयाँ ९५ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ ५६ पैसा र बिक्रीदर १६७ रूपैयाँ ३१ पैसा पाइन्छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ १२ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २५ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३९ पैसा पाइन्छ ।