पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ ।
पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएपनि योसहित सबै स्थगित हुने भएको छ । तर, प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्चले जनाएको छ ।
बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१ १२:५७
प्रतिक्रिया दिनुहोस्