NRN
गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्दै

क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् ।

२७ वर्षीया हेली र ३० वर्षे जस्टिनले सन् २०१८ मा न्यूयोर्कमा निजी समारोहमा विवाह गरेका थिए ।

तस्वीर र भिडियोमा हेलीलाई सेतो लेस पहिरनमा देख्न सकिन्छ । भिडियोमा दुवैलाई रोमान्टिक भावमा चुम्बन गर्दै गरेको देख्न सकिन्छ । हेलीका प्रतिनिधिले हेली ६ महिनाको गर्भवती रहेको बताएका छन् । हेली अभिनेता स्टेफेन बेल्डविनकी छोरी हुन् ।

१३ वर्षमा गायक बनेका जस्टिन गीत ‘बेबी’, ‘लभ मी’ र ‘यमी’का कारण विश्वमाझ चर्चित बने । हेली स्किनकेयर लाइन रोधेकी संस्थापक पनि हुन् ।

गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update