साताको अन्तिम दिन अर्थात् शुक्रबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बिहीबारका तुलनामा यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३५ रूपैयाँमा काराेबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।