सभामुख घिमिरेले बाेलाए प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो साढे १२ बजे बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ ।
अधिवेशनको पहिलो दिन दलीय आधारमा शीर्ष नेताहरुले शुभकामना दिने गर्दछन् । शीर्ष नेताहरुले बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची छ ।
सम्भावित कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट अनुमोदन भएमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ ११:३३
प्रतिक्रिया दिनुहोस्