NRN
आईपीएलमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५९औँ खेल हो । आईपीएलमा चेन्नई र गुजरात दुबैले आफ्नो १२ औँ खेल खेल्न लागेका हुन् ।

चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा जित पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १२ अंकसहित चौथो स्थानमा छ । 

गुजरातले यसअघि खेलिएको ११ मध्ये चार खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १० औँ स्थानमा छ ।

अंक तालिकामा गुजरातभन्दा माथि रहेका मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । 

जारी सिजनको आईपीएलमा चेन्नई र गुजरातबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो ।

चेन्नई सुपर किङ्सः ऋतुराज गायकवाड (कप्तान), अजिनक्या रहाणे, ड्यारल मिचेल, मोइन अली, शिवम दुबे, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, तुषार देशपाण्डे र रिचर्ड ग्लिसन । इम्प्याक्ट प्लेयर : समिर रिजवी रहेका छन् ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, साई सुदर्शन, डेभिड मिल्लर, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, मानव सुथार, नुर अहमद, मोहित शर्मा र जोसुआ लिटिल । इम्प्याक्ट प्लेयर : संदीप वारियर रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update