NRN
विश्‍व प्रसिद्ध हुन्डाइको गाडी अव नेपालमै एसेम्बल हुने,  प्रधानमन्त्रीले गरे उद्घाटन

विश्‍व प्रसिद्ध हुन्डाइको गाडी अव नेपालमै एसेम्बल हुने भएका छन् । शुक्रबार नवलपरासी पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । गणतन्त्र कोरिया र नेपाल बिच कुटनितिक सम्बन्ध स्थापनाको ५० औं वर्षको अवस पारेर उक्त प्लान्ट उद्घाटन गरिएकाे हाे ।  

कोरियन कम्पनी हुन्डाइको नेपालको लागि आधिकारीक विक्रेता समेत रहेको लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै एसेम्बल प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो । 

शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

“निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसन पनि यही समूहअन्तर्गतकै कम्पनी हो । कर्पोरेसनले ६ महीनाअघि देखिनै नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादन गरिरहेको थियो ।  परीक्षण उत्पादन सफल भएसँगै  एसेम्बल प्लान्टबाट हुन्डाई ब्रान्डका भेन्यू व्यवसायिक उत्पादनमा जान लागेको हो । नेपलमै एसेम्बल हुने हुँदा मूल्यरेञ्ज समेत सस्तो हुने विश्वास लिइएको छ । 

यसअघि  कोरियाली कम्पनी मोट्रेक्सले २०७५ चैतमा नेपालमा कार एसेम्बल प्लान्ट खोल्ने घोषणा गरेको थियो । तर काम भने अगाडि बढाएको थिएन । 

कर्पोरेशनका अनुसार ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो । एसेम्बल भएर बिक्रीमा आउने भेन्यू पेट्रोल इन्जिनयुक्त हुन्।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update