नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा
नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका हुन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएपछि नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरी कार्यालयमा उपस्थित भएपछि उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ ०९:५७
प्रतिक्रिया दिनुहोस्