NRN
आईपीएल : आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को ६३ औं खेलमा आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

आज गुजरात र कोलकाताको सिजनको १३ औं खेल हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

कोलकाताले १२ मध्ये ९ जित र ३ खेलमा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ । कोलकाता यस सिजनको प्लेअफमा पुग्ने पहिलो टोली हो । 

गुजरातले  १२ खेलमध्ये ५ जित र ७ हार बेहोरेको छ । गुजरात १० अङ्कसहित ८ नम्बरमा छ । 

गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, म्याथ्यु वेड (विकेटकिपर), राहुल तेवाटिया, राशिद खान, नूर अहमद, उमेश यादव, मोहित शर्मा र कार्तिक त्यागी ।इम्प्याक्ट प्लेयर : सन्दीप वारियर ।

कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नरेन, भेंकटेश अय्यर, नितिश राना, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राना । इम्प्याक्ट प्लेयर : वैभव अरोरा ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update