NRN
प्रधानमन्त्री 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन गएका थिए ।

चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास गर्न लागेका हुन् । यो पुल ४ सय २० मिटर लामो हुनेछ ।

पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो । १२ मिटर लामो फराकिलो पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । नयाँ पुल अहिलेको भन्दा थप उचाइको हुने सडक विभागले जनाएको छ । नयाँ पुलको तल्लो भागवाट सानातिना पानी जहाज आवातजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आर्कषक पुल बनाउन लागिएको हो ।

तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको पुलको डिजाइन पनि सोही कम्पनीले तयार गरी पुल महाशाखाले स्वीकृत गर्ने हो । पुलको लागत भ्याटसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ मा रहेको छ । ठेक्का भएको ४ बर्ष भित्र सक्ने सम्झौता भए पनि एक बर्षको समय गुज्रिसकेको छ ।

ठेकेदारले गरेको डिजाइन अनुसार पुलको २ ठाउँमा टावर राखिनेछन् । पुलमा सवारी हिँड्न ७.५ मिटरको छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update