NRN
दाङस्थित नयाँ राजधानी भनवमा यस्तो थियो लुम्बिनीका सांसदको शपथ


दाङ। लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयास्थित नव निर्मित सभा हलमा उनीहरुले सपथ लिएका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।  दिउँसो २ बजेर १२ मिनेट जाँदै गर्दा शपथका लागि शेरचरणलाई बोलाइएको भए पनि शपथ खुवाउने बेहोरा टेवुलमा आइनपुगेपछि केहीबेर सन्नाटा छाएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले  बेहोरो छुटेको भन्दै सबै सांसदलाई बस्न आग्रह गरेका थिए । 

शपथको बेहोरा केहीबेरमा आएपछि फेरि शपथका लागि प्रदेश प्रमुख शेरचनलाई बोलाइएको थियो ।  त्यसपछि फेरि सबै सांसदहरू उभिएर शपथ खाएका थिए । सांसदहरुले शपथ खाँदा पूर्वमुख्यमन्त्री शंकर पोखरेल, सभामुख र मुख्य मन्त्री भने बसिरहे । उनीहरु बसेको सिटबाट उभिएनन् । 

शपथ ग्रहणका क्रममा बिभिन्न जातजातिका भेषभुषा झल्कने पोशाकहरु सांसदहरुले लगाएका थिए ।  रोल्पा र रुकुमका मुगर समुदायका महिला पुरुषहरुले आफ्नै भेषभुषा लगाइएर सपथ खान खाएका थिए । त्यस्तै दाङ, बाँके र बर्दियाका थारु समुदायका महिला पुरुषहरुले पनि आफ्नै मौलिक भेषभुसा लगाएर सपथ ग्रहण गरेका थिए । रुपन्देही क्षेत्र लगाएतका अन्य बाँकेका मधेसी समुदायका सांसदहरुले पनि आफ्नै पहिरणमा शपथ लिन आएका थिए । 

शपथपछि सांसदहरूलाई सचिवालयका सचिव पुनले त्यसमा हस्ताक्षर गर्न लगाएका थिए । हस्ताक्षरपछि उनीहरु फेरि अगाडि प्रदेश प्रमुख लगाएत मुख्य मन्त्री बसेको ठाउँमा झोला लिनका लागि निम्त्याइएको थियो । बधाइ ज्ञापन गर्दै त्यसपछि झोला दिने काम प्रदेश प्रमुख र मुख्य मन्त्री कुलप्रसाद केसीले गरेका थिए ।

त्यसपछि पहिलो संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने घोषणा सचिवालयका सचिव पुनले गरे । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् ।  अब प्रदेश सभामुख र उपसभामुखको चयन नहुँदासम्म अध्यक्षता भुसालले नै गर्ने गरेका छन् । अबको हप्ता दिन भित्रमा प्रदेश सभामुख र उपसभामुखको चयन गरि सक्ने अपेक्षा गरिएको छ । 

शपथपछि सञ्चारकर्मीसंँग कुरा गर्दै  पूर्वमुख्यमन्त्री पोखरेलले अनेत्र सबै स्थानमा केन्द्रले तोकेकै स्थानमा प्रदेश राजधानी तोकिए पनि लुम्बिनीमा भने नयाँ ‘भर्जिन ल्याण्डमा’ राजधानी तोकिएको हुँदा त्यो नमुना योग्य रहेको बताए । 

देशकै नमुना योग्न राजधानी बनाउन सबैले पहल गर्नुपर्ने उनले बताए । शपथपछि बाहिर विभिन्न सांसदहरूको फोटो सेसन चलेको थियो । उनीहरुले आफ्नो ठाउँका जनताको चाहनाअनुरुप बिकास निर्माणदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रको सुधारमा काम गर्ने प्रतिक्रिया दिए । त्यस्तै सांस्कृति पहिचान जोगाउन भूमिका खेल्ने उनीहरुले अठोट व्यक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update