- राजन घिमिरे
चर्चा र ख्यातीको कुरा गर्ने हो भने काठमाण्डौं महानगर पालिकाका मेयर बालेन ( बालेन्द्र ) शाहले आगो बालेकै हुन् । हरेक तह, तप्का, बिधा र ब्यापार,ब्यावसाय गर्नेहरू उनको पक्षमा कुर्लेर नै लागे । चलेका सेलिब्रेटीहरूले त उनको पक्षमा क्याम्पेन नै चलाए ।
पुरानाहरूको कार्यशैली , ब्यबहार र नितीप्रति असन्तुष्ट भएर बालेनको पक्षमा वकालत गर्दै उनलाई मेयर पदमा जिताउने काठमाण्डौंका जनताहरू आज बालेनको ब्यबहार र कार्यप्रति दुख मनाउ गर्न थालेका छन । आफूले आशा र भरोसा गरेको जन प्रतिनिधिले बाटो बिराउदा मनमा लागेको कुरालाई सुझाब सहित जानकारी दिँदा पनि आजकल उनलाई गाली गरेको जस्तो भान हुन थालेको छ । कसैले सुझाब दिँदा उनी सामाजिक सन्जालमा कटाक्ष गर्छन र मेयर जस्तो गरिमामय पदमा पुगेका उनी आफूलाई भोट दिने बिरूद्ध नै सामाजिक सन्जालमा जबाफ दिन पछाडि पर्दैनन् ।
जनताले जन प्रतिनिधिलाई प्रश्न गर्न पाउँने कि नपाउने ? सबैले सोध्न थालेका छन् । बालेनलाई जिताउन दिलो ज्यानले लागेकाहरू यतिबेला निराश हुन थालेका छन । राजनीतिक पृष्ठभूमि भएकाहरूलाई पाखा लगाएर अब पालो स्वतन्त्र यूवाको भन्ने नारा बोकेर बालेनलाई काँधमा काँध जोडेर उनको लागि दौडनेहरूले बालेनको आजको कार्य चित्त नबुझेर अब भत्काउन छोड , बनाउने कहिले भनेर जिज्ञासा पनि राख्न नपाउँने भएका छन् । किनकी कसैले उनको कार्यमाथि प्रश्न राख्यो भने उनी मात्र होइन , उनका केहीहरू सामाजिक सन्जालमा गाली गलौजमा उत्रिहाल्छन । बालेनले यो कुरा किन मनन गर्न सकेनन् कि उनलाई सुझाब दिनेहरू उनका शुभ चिन्तक नै हुन । कतै बालेनले बाटो बिराउंलान कि भनेर सम्झाएका हुन । यसमा उनले ग़लत अर्थ लगाउनु हुँदैन ।
कुनै समय मिडियालाई बालेनको प्रवक्ताको आरोप लगाईन्थ्यो । मिडियाले उनका कुरा, योजना र सोचलाई जनता समक्ष पुर्याएकै कारण पनि बालेनको योजनाप्रति काठमाण्डौबासी आकर्षित भएका थिए । तर आज उनलाई मिडियाको मतलबै छैन । भत्काउन र सडक पेटीमा गरेर खानेहरूलाई लखेट्न मैं ब्यस्त देखिन्छन बालेन। चुनाब जित्नु अघि सडक पेटीमा काम गरेर खानेहरूलाई कुनै समय मिलाएर काम गर्न दिनु पर्छ र ब्यबस्थित गर्नु पर्छ भनेर मिठा कुरा गर्ने बालेन आज आफ्ना बाचाहरु सम्झिन चाहँदैनन् -‘ पहिलाका मेयरले नबनाए पनि भत्काएर हरिबिजोग बनाएका थिएनन् , तर बालेनले भत्काउंने काम मात्र गरे ।‘ काठमाण्डौबासीको प्रश्न छ ।
बिना पत्र र निर्णय डोजर आएर आफ्नो घर भत्काउन खोज्छ भने त्यतिबेला कोही पनि वेद पाठ गरेर बस्दैन । आफ्नो बचाउको लागि जे छ त्यही लिएर प्रतिकारमा उत्रन्छ । अहिले डोजर लिएर आउँने माथि जनताहरू यस्तै गरिरहेका छन । भत्काउनु अघि उनले त्यसलाई ब्यबस्थित गर्ने ठोस योजना पनि लिएर आउनु पर्दथ्यो तर, यस तर्फ महानगर पालिका चुकेको छ । यतिबेला डोजरमा चाख बढाएका बालेनले पूर्बाधार ऐम्बुलेन्स बिर्सिएका छन ।
मेयर आजकल सर्बसाधारणसँग बोल्दैनन, भेट्दैनन र उठबस पनि छैन । उनी पत्रकार सम्मेलन पनि गर्दैनन । चुनाब अगाडि मिडिया धाईं धाई जाने बालेनलाई आजकल मिडियाका मान्छे शत्रु जस्तो लाग्न थालेको छ
चुनाब जित्नु अघि पूर्बाधार ऐम्बुलेन्सले भत्केका र जीर्ण सडकलाई उपचार गरेर ठिक ठाउँमा ल्याउँछु भन्थे त्यो पनि हराएको छ । २४ सै घण्टा हट लाईनमा महानगर पालिका उपलब्ध हुन्छ भन्थे । सुन्दै आहा र रहर लाग्दा योजनाहरु खै अहिले कुन कुनामा थन्किए ? सर्बसाधारणलाई शौचालय र ट्राफीक ब्सबस्थापनको पक्षमा उनले जून सपना बांडेका थिए , ती कहाँ गए खै ? यो प्रश्न सोध्न नपाउँने ? स्कूल र निजी कार्यालयहरूको समय मिलाएर ट्राफीक ब्यबस्थापन गर्न सकिन्छ भनेर अभिब्यक्ति दिने बालेन शाहका यी कुराहरू कता तुहिए ? भनेर सोध्न नहुने ? कतै केही नहुँदा र भत्काउने काम बाहेक अरू केही नदेख्दा मेयरको क्षमता दक्षता माथि प्रश्न चिन्ह उब्जिन थालेको छ ।
मेयर आजकल सर्बसाधारणसँग बोल्दैनन, भेट्दैनन र उठबस पनि छैन । उनी पत्रकार सम्मेलन पनि गर्दैनन । चुनाब अगाडि मिडिया धाईं धाई जाने बालेनलाई आजकल मिडियाका मान्छे शत्रु जस्तो लाग्न थालेको छ । बालेन किन यसरी फेरिए ? सन्चार माध्यमसंग बोल्न र साक्षात्कार गर्न किन इन्कार गर्छन आजकल उनि ? सबैको चासोको बिषय बनेको छ । चुनाब अगाडि बालेन यस्ता थिएनन् । सरल , नरम र मिजासिला थिए उनी । दाह्री मिलाएको र उनले जुंगा मुसारेको पनि स्टाईल लाग्दथ्यो मानिसलाई । तर. आज उनी पुरै फेरिएका छन ।
मेयर आजकल फुटपाथका ब्यावारीहरू लखेट्ने र भत्काउन आक्रामक बन्न थालेका छन । उनले शुरू गर्ने भनिएको मानसिक कार्यक्रम खै ? होर्डिंग बोर्ड हटाउने कार्यक्रम कता भाग्यो ? कुहिने र नकुहिने फोरोर कता गयो ? टुकुचा मामिला पनि खै ? यति हुँदा पनि प्रश्नको जबाफ दिन उनी उभिँदैनन् ? कसैले प्रश्न गर्यो भने कमेन्ट लेख्न र लेखाउंन छाड्दैनन् । उच्च उचाई र हाई हाई पाएका बालेन जस्ता चर्चित जन प्रतिनिधिले सामाजिक सन्जालमा मतदाताले प्रश्न गर्यो भनेर कमेन्टमा झगडा गरेर तिक्तता पोख्न सुहाउंछ त ? तपाईलाई हामीले चिनेनौं कि तपाईले आफूलाई चिन्नु भएन….?