NRN
युएइमा साङ्गीतिक कार्यक्रम गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफर

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मे १९ तारेखका दिन युएइस्थित बरदुबईको एसके ७ क्लबमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।

हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, आधुनिक गायिका मिलन नेवार, लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिने भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको  कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक तथा युएईस्थित सम्पूर्ण नेपालीहरूलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update