NRN
आईपीएल २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६५ औँ खेलमा आज राजस्थान रोयल्सले पञ्जाब किंग्सको सामना गर्दैछ । खेल राजस्थानको गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । 

राजस्थानको १२ खेलमा ८ जित र ४ हारबाट १६ अङ्क छ । टोली अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

पञ्जाबले १२ खेलमा ४ जित र ८ हारबाट ८ अङ्क जोडेको छ । पञ्जाब तालिकाको १० औँ स्थानमा छ । 

राजस्थान रोयल्स : सञ्जु सामसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, टम कोहलर-क्याडमोर, रायन पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, आर आश्विन, ट्रेन्ट बोल्ट, आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहल ।इम्प्याक्ट प्लेयर : नान्द्रे बर्जर/रोभम्यान पावेल ।

पञ्जाब किंग्स: साम करन (कप्तान), प्रभसिमरन सिंह, जोनी बेयरस्टो (विकेटकिपर), रिले रुसो, शशांक सिंह, जितेश शर्मा, आशुतोष शर्मा, हर्षल पटेल, कागिसो रबाडा, राहुल चाहर र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : हरप्रीत ब्रार ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update