क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइ वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा आज पुनः सुनुवाइ हुने भएको हो । सुनुवाइ सकिए आज नै फैसला सुनाउने तयारी छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध लामिछाने उच्च अदालत पुगेका हुन् । लामिछानेको सोही पुनरावेदनमा बहस भइरहेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १०:२५
प्रतिक्रिया दिनुहोस्