नेकपा एमालेले बाेलायाे बुधबारका लागि संसदीय दलको बैठक
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बुधबार मध्याह्न १२ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेका थिए । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् अवरोध कायमै छ ।
कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ भने सत्ता पक्ष त्यसमा तयार भइसकेको छैन ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १०:३८
प्रतिक्रिया दिनुहोस्